अन्य भाषाहरूमा सामग्री
रेटिङ तथा मूल्याङ्कन विभाग (RVD) को नेपाली संस्करणमा केही उपयोगी जानकारी मात्र समावेश छन्। तपाईं हाम्रो वेबसाइटको पूर्ण सामग्री अङ्ग्रेजी, परम्परागत चिनियाँ वा सरलीकृत चिनियाँ भाषामा हेर्न सक्नुहुन्छ।
RVD का प्रमुख उत्तरदायित्वहरू निम्नलिखित हुन्:-
- मूल्याङ्कन अध्यादेश (अध्याय 116) र सरकारी भाडा (मूल्याङ्कन तथा सङ्कलन) अध्यादेश (अध्याय 515) अन्तर्गत दर र सरकारी भाडामा सम्पत्तिको मूल्याङ्कन;
- दर र सरकारी भाडाको लेखापालन र बिलिङ;
- सरकारी ब्यूरो/विभागहरूमा सम्पत्ति मूल्याङ्कन सेवाहरूको प्रावधान;
- सरकारी ब्यूरो/विभागहरू, सार्वजनिक निकायहरू र निजी क्षेत्रमा सम्पत्तिको जानकारीको प्रावधान;
- घरधनी र भाडावालाको प्रशासन (एकीकरण) अध्यादेश (अध्याय 7); र
- आवासीय सम्पत्तिहरूका सम्बन्धमा घरधनी र भाडावालाका मामिलाहरूमा जनतालाई सल्लाह र मध्यस्थता सेवाहरूको प्रावधान।
तपाईंको शुल्क र सरकारी भाडा (pdf फाइल)
घरधनी र भाडावाला (एकीकरण) अध्यादेशको भाग IVA - उपविभाजित एकाइहरूका नियमित घरबहाली
घरधनी र भाडावाला (एकीकरण) अध्यादेश (“अध्यादेश”) को भाग IVA 22 जनवरी 2022 देखि लागू भएको छ। प्रत्येक नियमित घरबहाली 2 वर्षको अवधिका लागि हुन्छ। अध्यादेशको भाग IVA मा निर्दिष्ट परिस्थितिहरूमा बाहेक घरधनीले अवधि समाप्त हुनुअघि घरबहाली अन्त्य गर्न सक्दैन। उपविभाजित एकाइ (SDU) का लागि घरबहाली नियमन गरिएको चक्रमा SDU का लागि लगातार 2 वटा नियमित घरबहाली (जस्तै पहिलो अवधिको घरबहाली र दोस्रो अवधिको घरबहाली) समावेश हुन्छन्। SDU का लागि पहिलो अवधिको भाडावालालाई नियमित चक्रको दोस्रो अवधिको घरबहाली प्रदान गर्न सकिन्छ, जसबाट 4 वर्षको (2 वर्षको पहिलो अवधि + 2 वर्षको पहिलो अवधि) को घरबहालीको सुरक्षाको आनन्द लिन सकिन्छ।
तपाईं सामान्य सन्दर्भहरूका लागि निम्न जानकारी हेर्न सक्नुहुन्छ।
अपराध र उजुरी हातेपुस्तिका (pdf फाइल)
अधिकारों और जिम्मेदारियों को जानने के लिए पोस्टर (pdf फाइल)
मकान मालिक की जिम्मेदारियों का पोस्टर (pdf फाइल)
किरायेदार के अधिकारों का पोस्टर (pdf फाइल)
“विनियमित किरायेदारी” एक नज़र में (pdf फाइल)
दूसरी अवधि की किरायेदारी पत्रक (pdf फाइल)
दूसरी अवधि की किरायेदारी पोस्टर (pdf फाइल)
शङ्का विसङ्गति भएको अवस्थामा चिनियाँ र अङ्ग्रेजी संस्करण मान्य हुने छन्।
तपाईंलाई घरधनी र भाडावाला (एकीकरण) अध्यादेशको भाग IVA का सम्बन्धमा घरबहालीका मामिलामा सोधपुछका लागि खास भाषामा सहायता चाहिन्छ भने कृपया जातीय अल्पसङ्ख्यक बासिन्दाहरूको सद्भाव तथा सुधार केन्द्र (CHEER) का टेलिफोन अनुवाद हटलाइनहरू (तल तालिकाबद्ध गरिएको) मा फोन गर्नुहोस्। तपाईंलाई अनुवाद प्रदान गर्न दोभाषेहरूले RVD का अधिकारीहरूसँग तपाईंका लागि कन्फ्रेन्स कल गर्ने छन्।
भाषाहरू | हटलाइन |
---|---|
बहासा इन्डोनेसिया | 3755 6811 |
नेपाली | 3755 6822 |
उर्दू | 3755 6833 |
पञ्जाबी | 3755 6844 |
टागालोग | 3755 6855 |
थाई | 3755 6866 |
हिन्दी | 3755 6877 |
भियतनामी | 3755 6888 |
व्याख्या तथा अनुवाद सेवा अप्रिल 2023 देखि मार्च 2024 सम्म व्यवस्थित गरिएको (pdf फाइल)
जातीय समानताको प्रवर्द्धनका र वर्तमान र योजित उपायहरू (pdf फाइल)
請下載 Adobe Acrobat Reader 查看文件。